आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा दुई हजार ४८१ अस्थायी मतदाता कायम भएका छन् । निर्वाचन आयोगले उक्त निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ अनुसार जिल्लाबाट मतदाताको नामावली सङ्कलन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । आयोगले मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ४४ अनुसार निर्माण भएको कार्यविधिअनुसार काभ्रेपलाञ्चोकमा उक्त सङ्ख्यामा अस्थायी मतदाता नामावली सङ्कलित गरिएको जिल्ला निर्वाचन अधिकारी दिने...