काठमाण्डौ – निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले महिला स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको बताउनुभएको छ । राष्ट्रिय समाचार समितिसँग कुरा गर्दै तुलाधरले फागुन ३ गतेदेखि देशभरका ६ हजार ७ सय ४३ वडामा स्वयंसेवकमार्फत मतदाता शिक्षा संचालन भइरहेको छ । १७ गतेसम्म चल्ने यो कार्यक्रमले बदर मत घटाउन सहयोग पुग्ने अपेक्षा रहेको उहाँको भनाइ छ । महिला स्वास्थ्य स्वयंसेविकाले घरदैलोमा पुगेर नमुना मतपत्र देखाई मतदान सिकाउने काम गरिरहेका उहाँको भनाइ छ । आयुक्त तुलाधरले चुनावको सम्पूर्ण तयार...