गुल्मीका ९ वटा पालिकामा राष्ट्रिय मगर दिवसका अवसरमा भोलि सार्वजनिक बिदा

काठमाण्डौ – गुल्मीका १२ मध्ये नौवटा पालिकाले राष्ट्रिय मगर दिवसका अवसरमा भोलि सार्वजनिक बिदा दिएका छन् । मगर समुदायको सांस्कृतिक पहिचान र योगदानको सम्मान स्वरूप पालिकाले भोलि सार्वजनिक बिदा दिएका हुन् । पालिकाहरुको निर्णय अनुसार भोलि  पालिका भित्रका सरकारी कार्यालय, शैक्षिक संस्था तथा अन्य सार्वजनिक निकाय बन्द रहनेछन् । मगर समुदायको भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष फागुन १५ गते मगर दिवस मनाइँदै आएको छ । दिवसका अवसरमा सांस्कृतिक कार्यक्रम, झाँकी प्रदर्शन तथा ...