सुदूरपश्चिम प्रदेशको अछाम–१ चर्चित निर्वाचन क्षेत्रमध्येकै एक हो, जहाँ सरकारको उच्च पदमा रहेर काम गरिसकेका एमालेका पूर्वनेता भीम रावल अहिले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवार छन्। दुईवटा निर्वाचन क्षेत्र रहेको अछामको क्षेत्र नम्बर १ मा रावलसँगै नेपाली कांग्रेसका भरतकुमार स्वाँर, एमालेका दीपक साउद, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ओमप्रकाश रावल, नेपाल मजदुर किसान पार्टीका सुरेन्द्र शाही, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का लोकेन्द्र शाह, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका लोकेन्द्रबहादुर...