नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब बन्ने नेपाली कांग्रेस नेतृत्वको सरकारले २०४६ सालपछि भएका भनिएका सुनिएका सबै काण्डहरूको छानबिन गर्ने बताएका छन् । त्यसमा आफ्नै परिवारका कोही सदस्य रहेछन् भने पनि उन्मुक्ति नपाउने थापाको भनाइ छ । ‘सिंगो कांग्रेसको जिम्मा लिएर बोल्दैछु २०४६ सालपछि भएका भनिएका सुनिएका काण्डहरूको छानबिन गर्दै गर्दा मेरै परिवारको कोही रहेछ भने पनि छुट्दैन । पाँच वर्षमा एक जनाले पनि कुनै गलत गर्यो भनेर सुन्न पाउनु हुँदैन’, बिहीबार सुर्खेतमा आयोजित सभालाई स...