प्रधानसेनापति अशोकराज सिग्देलले आज कैलालीको तेघरीस्थित सुदूरपश्चिम पृतनामा आसन्न निर्वाचनको विषयमा प्रदेश सुरक्षा संयन्त्रसित छलफल गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापन सुदूरपश्चिम पृतनाको निरीक्षणका क्रममा उनले निर्वाचन सुरक्षालाई त्रुटिरहित ढङ्गबाट सम्पन्न गर्न निर्देशन दिए । छलफलपछि प्रधानसेनापति सिग्देलले मातहतका युनिटलाई निर्देशन दिएका सुदूरपश्चिम पृतनाले जनाएको छ । सो छलफलमा कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको समेत सहभागिता थियो । सुदूरपश्चिममा निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै स...