नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग समीकरण नहुने स्पष्ट पारेका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा उनले नेकपा आफ्नो चुनावी एजेन्डासहित एक सातापछि हुने निर्वाचनमा सहभागी हुने बताए । 'यो निर्वाचनमा नेकपाले कुनै पनि राजनीतिक दलसँग समीकरण गर्दैन, आफ्नै ‘एजेन्डा’, पार्टी सङ्गठन र जनताको साथ र सहयोगमा निर्वाचनमा जाँदैछौं,' उनले भने । एक सय ६५ निर्वाचन क्...