असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड

काठमाण्डौ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य रहेको बताउनुभएको छ । पार्टीको निर्वाचन परिचालन समितिले आज काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले थुप्रै संशय र विवादकाबीच चुनाव सुनिश्चित भएको र यसले देशलाई नयाँ दिशा दिने विश्वास व्यक्त गर्नुभयो । चुनाव सम्पन्न हुन अब एक हप्ता मात्र बाँकी रहेको अवस्थामा सिङ्गै देश चुनावी प्रक्रियामा होमिएको प्रचण्डको भनाइ छ । यो चुनावलाई सफल पार्नु सबै तह र तप्काक...