सिंहदरबार पुनः निर्माण गर्न सकिन्छ : सभापति लामिछाने

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार पुनः निर्माण गर्न सकिने तर नवयुवाको आन्दोलनमा गोली लागेर ज्यान गुमाएकाहरु फेरि कहिल्यै उठ्न नसक्ने बताउनुभएको छ । गोरखाको सदरमुकाममा पार्टीले गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सरकारी संरचना जलेकामा गौरव नगरेको तर यस्ता संरचना पुनर्निर्माण गर्न सकिने बताउनुभयो । उहाँले नवयुवाको आन्दोलनका क्रममा पहिले गोली चलेका कारण मात्र पछि सिंहदरबार जलेको दाबी गर्नुभयो । लामिछानेले आजै पालुङटार नगरपालिकामा आयोजित चुनावी सभालाई पनि ...