एमाले चुनावी तालमेलबारे अहिलेसम्म कुनै निष्कर्षमा पुगेको छैन : महासचिव पोखरेल

काठमाण्डौ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले चुनावी तालमेलबारे अहिलेसम्म कुनै निष्कर्षमा पुगिनसकेको बताउनुभएको छ । दाङको घोराहीमा आफ्नो चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै एमाले महासचिव पोखरेलले बाहिर आएका हल्लाभन्दा पनि जबसम्म दलहरू आफै बोल्दैनन्, तबसम्म हतार गरेर बोल्न उचित नहुने बताउनुभएको छ । एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच केही क्षेत्रमा चुनावी तालमेल हुन सक्ने चर्चा भइरहेका बेला महासचिव पोखरेलको पछिल्लो प्रतिक्रिया सार्वजनिक भएको हो ।