यातायात कार्यालय नेपालगञ्जका तत्कालीन प्रमुखसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय नेपालगञ्ज बाँकेका तत्कालीन कार्यालय प्रमुख लोकबहादुर सुनारसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गलत लिखत एवं गलत प्रतिवेदन तयार तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । प्रवक्ता न्यौपानेका अनुसार भारतीय चोरीका तीन वटा गाडी आर्थिक लेनदेन गरी दर्ता गरेको र बाहिर हल्ला भएपछि संलग्न कर्मचारीहरूले ती गाडी...