हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले २० लाख ७५ हजार कित्ता शेयर प्रति कित्ता ३५८ रुपैयाँ ८५ पैसाका दरले प्रिमियम मूल्यमा जारी गर्ने गरी धितोपत्र बोर्डमा निवेदन दिएको हो । साथै प्राथमिक सार्वजनिक निष्काशनको निष्काशन प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको कम्पनीले जनाएको छ ।