अवैध रूपमा ४८ नेपाली राहदानी विदेश लैजान खोज्दा एक पक्राउ

अवैध रूपमा ४८ थान नेपाली राहदानी विदेश लैजान खोजेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१ निवासी ४५ वर्षीय तारा चन्द चौधरी रहेका छन्। चौधरीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार चौधरी भुटान एयरलाइन्समार्फत काठमाडौंबाट दिल्ली जान लागेका थिए। अन्तर्राष्ट्रिय उडानतर्फको ह्यान्ड ब्यागेज चेकिङ एरियामा एक्स–रे मेसिनबाट स्क्रिनिङ गर्ने क्रममा उनले बोकेको पछाडि भिर्ने कालो झोलाभित्र ४८ थान नेपा...