टी-२० विश्वकप: भारतको विशाल स्कोर, जिम्बावेलाई २५७ रनको लक्ष्य

आइसिसी पुरुष टी-२० विश्वकपको सुपर ८ अन्तर्गतको खेलमा भारतले जिम्बावेविरुद्ध रनको पहाड खडा गरेको छ। बिहीबार चेन्नईमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा मात्र ४ विकेट गुमाउँदै २५६ रनको विशाल योगफल तयार पारेको हो। भारतको विष्फोटक ब्याटिङमा ओपनर अभिषेक शर्माले उत्कृष्ट अर्धशतकीय पारी खेले। उनले ३० बलको सामना गर्दै ४ चौका र ४ छक्काको मद्दतले ५५ रन जोडे। अर्का ओपनर सञ्जु सामसन २४ रनमा आउट भए पनि मध्यक्रमका ब्याटरहरूले टोलीको रन गतिलाई थप उचाइमा पुर्याए। इशान किशनले २४ बलमा ३८ रन जोडे भने ...