नेकपा बहुमतका महासचिव बास्तोला रिहा

 नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला रिहा भएका छन् ।  सर्वोच्च अदालतको आदेशअनुसार  उनी बिहीबार राति रिहा भएका हुन् ।  बिहीबार नै अदालते बास्तोलालाई हिरासतमा रिहा गर्न आदेश दिएको थियो ।  उनलाई फागुन ५ गते पक्राउ गरी सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा चलाई १० दिनसम्म हिरासतमा राखिएको थियो । तर बास्तोलाको पक्राउ गैर कानुनी भन्दै ११ गते बन्दी प्रत्यक्षीकरण रिट दर्ता भएको थियो । सो उपर सुनुवाइ गर्दै आज महासचिव बास्तोलाको पक्राउलाई गैर कानुनी घोषित गरी थुनामुक्त गर्नु भनी सर्वोच्चले ...