भाषणमा आशिका तामाङ चिप्लिएपछि...

 धादिङ–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार आशिका तामाङले भाषणका क्रममा भएको शब्द–त्रुटिप्रति सार्वजनिक रूपमा माफी मागेकी छन् ।   सामाजिक सञ्जालमार्फत स्पष्टिकरण दिँदै उनले बिहीबार पार्टी सभापति रवि लामिछाने धादिङ आउँदा गल्छी चोकमा आयोजित स्वागत तथा सभामा बोल्ने क्रममा आफूबाट शब्द उच्चारणमा त्रुटि भएको बताएकी छन् । “धादिङमा सुशासन स्थापना गरी भ्रष्टाचार अन्त्य गर्न आएकी हुँ” भन्नुपर्ने ठाउँमा ‘अन्त्य’ शब्द छुटेर ‘भ्रष्टाचार गर्छु’ भन्ने जस्तो सुनिन गएक...