झापामा सवारी साधनसहित १० लाखभन्दा बढी भन्सार छलीका सामान बरामद

१४ फागुन, भद्रपुर (झापा) । स्थानीय प्रशासनले भन्सार छली गरी ल्याउँदै गरिएका अवस्थामा सवारी साधनसहित १० लाख ६८ हजार ५० बराबरको मालसामान बरामद गरेको छ । झापा प्रहरीले आज बिहान बिर्तामोड नगरपालिका–८ गरामनीस्थित मदनपुर–विर्तामोड सडकखण्डमा जाँचका क्रममा भन्सार छलीका सामग्रीसहित सवारीसाधन नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार […]