लुम्बिनी प्रदेश देशकै सबैभन्दा विविध राजनीतिक भूगोलमध्ये एक हो । बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी पश्चिमसहितको तराई–मधेश, गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठानसहितको पहाड र रोल्पा, रुकुमपूर्वको हिमाली–पहाडी आधार क्षेत्र मिलेर बनेको २६ प्रतिनिधिसभा सिटको यो प्रदेश राष्ट्रिय परिणामलाई प्रभावित गर्ने क्षमतामा छ । २०७९ को नतिजा, समुदायगत संरचना र अहिलेको मतदाताको मूड हेर्दा यसपालि परिणाम सन्तुलित तर केही क्षेत्रमा उलटफेर हुने सङ्केत देखिन्छ । रूपन्देही, कपिलवस्तु, बाँके, बर्दिया र नवलपरासी पश्चिमम...