आईसीसी टी–२० विश्वकप क्रिकेट सुपर एट समूह १ को खेलमा भारतले जिम्बाबेमाथि फराकिलो जित निकालेको छ । हिजो बेलुकी चेन्नईमा भएको खेलमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो । पराजित भएसँगै जिम्बाबे एक खेलअगावै विश्वकपबाट बाहिरिएको छ । भारतले दिएको २ सय ५७ रनको विशाल लक्ष्य पछ्याएको जिम्बाबेले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८४ रनमा समेटियो । जिम्बाबेका ओपनर ब्रायन बेनेटले ५९ बलमा ९७ रनको अविजित पारी खेले । कप्तान सिकन्दर राजाले ३१ रन बनाए । भारतका लागि अर्शदीप सिंहले ४ ओभरमा २४ रन दिएर ३ विकेट लिए । वरुण चक्रवर्ती...