फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ । निर्वाचनमा मतदाताले कुन पदमा कसरी मतदान गर्ने भन्ने सम्बन्धमा जानकारी राख्नु आवश्यक हुन्छ । नत्र, सानो गल्तीका कारण तपाईंले हालेको मत गणना नहुन सक्छ । अनि भोट हाल्न जाँदा कुन कागजात चाहिन्छ, त्यो पनि बोकेर जान भुल्नु हुँदैन । निर्वाचन (मतदान) निर्देशका, २०८२ अनुसार मतदाताले मतदान गर्न जाँदा आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र देखाएर मतदान गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ । यस्तै, राष्ट्रिय/परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणप...