पूर्वी नेपालको पहाडी क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा ४.७ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु संखुवासभाको टोप्के गोला आसपास थियो । भूकम्पको धक्का संखुवासभा र ताप्लेजुङका विभिन्न स्थानमा महसुस गरिएको थियो । भूकम्पपछि केही मानिसहरू डराएर बाहिर निस्किएका थिए । हालसम्म कुनैक्षतिको विवरण प्राप्त भएको छैन । यसअघि भारतको उत्तरपूर्वी राज्य सिक्किममा पनि बि...