केही दिनदेखि मौसम बदली भएर हिमाली तथा पहाडी भेगका केही ठाउँमा दिनहुँजसो हल्का वर्षा र हिमपात भैरहेको छ । पछिल्लो तीन दिनदेखि नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका कारण बदली तथा वर्षा र हिमपात भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो सिन्धुपाल्चोक, भक्तपुर, काठमाण्डौ, नुवाकोट, चितवन, स्याङ्जा र डोटीका केही क्षेत्रमा वर्षा भएको हो । विभिन्न उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि भएको छ । आज र भोलि पनि बदली र वर्षा हुने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमभन्दा पूर्वमा बढी बदली हुनेछ । ...