आज बुटवलमा कांग्रेसको चुनावी सभा, सभापति थापाले सम्बोधन गर्ने

२१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले आज शुक्रबार बुटवलमा चुनावी सभा आयोजना गरेको छ । रूपन्देही केन्द्रित सभा बुटवलको देवीनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पस बाहिरको खुला चौरमा हुनेछ । चुनावी सभा बिहान १० बजे शुरू हुनेछ ।  सभालाई पार्टीका सभापति गगन थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कांग्रेस रूपन्देही–२ का सभापति प्रजापाल गिरीले सभामा जिल्लाभरबाट नेता–कार्यकर्ता, शुभेच्छुक तथा मतदाताहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको बताए ।  प्रधानमन्त्रीका उ...