नुवाकोटबाट काठमाडौँ जाँदै गरेको सुमो शिवपुरी गाउँपालिका–५ कुखुरेमा दुर्घटना हुँदा आठजना घाइते भएका छन् । घाइतेमध्ये चारको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौँ लगिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक विनोद ढकालका अनुसार दुप्चेश्वर गाउँपालिका–४ जिम्टाङबाट काठमाडौँ जाँदै गरेको सुमो बिहीबार साँझ दुर्घटना हुँदा ५० वर्षीय सम्तेन लामा, ४२ वर्षीय नेमा ग्याम्ते लामा, २७ वर्षीया कल्पना तामाङ र ४३ वर्षीया फूलमाया लामा गम्भीर घाइते भएका हुन् । उनीहरूको टाउको, छातीमा चोट लागेकाले ...