पाकिस्तान र अफगानिस्तानबीचको सीमा विवादले युद्धको रूप लिएको छ। बिहीबार राति अफगानिस्तानको कुनार प्रान्तमा तालिवान लडाकुहरूले गरेको भीषण आक्रमणमा ५५ जना पाकिस्तानी सैनिक मारिएको दाबी गरिएको छ। अफगानिस्तानको सरकारी समाचार एजेन्सी 'टोलो न्युज' ले तालिवान प्रवक्ता जबिहुल्लाह मुजाहिदलाई उद्धृत गर्दै यो जानकारी दिएको हो। तालिवान पक्षको दाबी अनुसार मारिएकामध्ये २३ जना पाकिस्तानी सैनिकको शव उनीहरूकै नियन्त्रणमा रहेको छ। अफगान लडाकुहरूले पाकिस्तानी सेनाको एक मुख्यालय र १९ वटा सैन्य चौकीहरू समेत कब्जा गरेको ब...