अफगानिस्तानले पाकिस्तानमा जवाफी आक्रमण गरेको छ । बिहीबार राति कुनार प्रान्तमा तालिबान लडाकुहरूले गरेको आक्रमणमा ५५ पाकिस्तानी सैनिक मारिएको तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदलाई उद्धृत गर्दै टोलो न्यूजले जनाएको छ । अफगान सरकारले २३ पाकिस्तानी सैनिकको शव आफूसँग भएको दाबी गरेको छ । पाकिस्तानी सेनाको एक मुख्यालय र १९ चौकी पनि कब्जा गरिएको समाचारमा उल्लेख छ । अफगानिस्तानका उपप्रवक्ता हमदुल्लाह फित्रतले केही पाकिस्तानी सैनिकहरूलाई जीवितै कब्जा गरिएको बताएका छन् भने धेरै हतियार, एउटा ट्याङ्क र एउटा हार्वेस्टर...