फराकिलो जितले भारत सेमिफाइनल दौडमा कायमै, जिम्बाब्वे बाहिरियो

आईसीसी टी२० विश्वकपको सुपर ८ खेलमा भारतले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित गर्दै आफूलाई सेमिफाइनल दौडमा कायमै राखेको छ । बिहीबार राति चेन्नईको एमए चिदम्बरम स्टेडियममा भारतले जिम्बाब्वेलाई ७२ रनले पराजित गरेको हो । भारतले दिएको २५७ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले २० ओभरमा ६ विकेट गुमाउँदै १८४ रन मात्र बनाउन सक्यो । जिम्बाब्वेका ओपनर ब्रायन बेनेटले ९७ रनको अविजित इनिङ खेले, तर उनको इनिङले टोलीलाई जित दिलाउन सकेन । भारतका लागि अर्शदीप सिंहले चार ओभरमा २४ रन दिएर तीन विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ ग...