सबै निर्वाचन क्षेत्रमा चुनावको सामग्री पुग्यो

काठमाण्डौ — प्रतिनिधिसभा सदस्य चुनावका लागि देशभरका १ सय ६५ वटै क्षेत्रमा निर्वाचन सामग्री पुगेको छ । प्रत्यक्ष र समानुपातिक गरी ४ करोड ११ लाख ५३ हजार मतपत्र ७७ वटै जिल्लाका १ सय ६५ वटै चुनावी क्षेत्रमा पुगेको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो । केही सामग्री भने जिल्लामै व्यवस्थापन हुनेछ । निर्वाचन अधिकृतको कार्यालयबाट मतदान अधिकृतको जिम्मामा सबै सामग्री पठाइने आयोगले जनाएको छ । स्वीकृत कार्यक्रम अनुसार मतदाता शिक्षासम्बन्धी विशेष कार्यक्रम गएको फागुन ३ गतेदेखि चलिरहेको छ । मतदाता शि...