धर्मेन्द्र बास्तोला रिहा–चुप बसेनन् दुर्गा प्रसाईं, एमालेले तालमेल नगर्ने

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– सरकारले यही फागुन २० गतेदेखि २२ गतेसम्म देशभर सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले बिहीबार सूचनामार्फत फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ३ दिन मुलुकभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो । ०००० केपी शर्मा ओली अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न प्रतिनिधिसभा निर्वाचनमा एमाले एक्लै चुनावी मैदानमा रहने उद्घोष गरेको छ । आफ्नो निर्वाचन...