पाकिस्तान र अफगानिस्तानबीच तनाव थप बढ्दै

पाकिस्तान र अफगानिस्तानबीच सीमामा चलिरहेको द्वन्द्वले नया रुप लिएको छ । पछिल्लो प्रतिवेदन अनुसार, पाकिस्तानले अफगानिस्तानका विभिन्न शहरहरूमा हवाई र जमिनबाट आक्रमण गरेको छ भने अफगानिस्तानले पनि जवाफी आक्रमण गरेको दाबी गर्दै आएको छ । पाकिस्तानका प्रधानमन्त्रीका प्रवक्ता मोशर्रफ जायदका अनुसार पाकिस्तानी सेनाको आक्रमणमा अहिलेसम्म १ सय ३३ अफगानी तालिबान सदस्य मारिएका र २ सय  भन्दा बढी घाइते भएको दाबी गरेका बीबीसीले जनाएको छ । तर तालिबानले कुनै क्षति नभएको दाबी गरेको छ । पाकिस्तानका राष्ट्रपति असिफ अली जरदारीले देशको...