भूगोलसँगै जनप्रतिधिबाट ठगिएका बाजुराबासी : चुनाव मुखैमा आइसक्यो, उत्साह अझै आएन

सुदूरपश्चिम प्रदेशको विकट जिल्लामध्ये बाजुरामा यसपटक खासै चुनावी रौनक छैन । कारण, यहाँका अधिकांश युवा वैदेशिक रोजगारीका लागि भारतमा छन् ।  सदरमुकाम मार्तडी बजारबाहेक गाउँमा बृद्धबृद्धा, महिला र बालबालिका मात्रै छन् । गाउँमा युवा नहुँदा खेतबारी बाँझै छन् । अधिकांश महिला दिनभरी गिट्टी कुट्छन् । बडीमालिका नगरपालिका अन्तर्गत रहेको मार्तडी बजारमा असरल्ल पक्की घर बनेका छन् । छेउछाउ झुप्प स–साना बस्ती छन् । सदरमुकाम भएकाले यहाँ जिल्ला प्रशासन कार्यालयदेखि जिल्ला प्रहरी कार्यालय लगायत सरकारी अड्डाहरू सँगै छन्...