नेपाली कांग्रेसले आज (शुक्रबार) तीन स्थानमा चुनावी सभा आयोजना गर्दैछ । कांग्रेसले रूपन्देही, बागलुङ र कास्कीमा चुनावी सभा गर्न लागेको हो । तीवटै सभामा पार्टी सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मालगायत नेताहरू सहभागी हुने भएका छन् । पार्टीका अनुसार बिहान ११ बजे रूपन्देहीको बुटवलमा सभा हुनेछ । यस्तै, दिउँसो १ बजे बागलुङमा र दिउँसो ३ बजे कास्कीको पोखरामा चुनावी सभा हुने कांग्रेसले जनाएको छ । ती चुनावी सभाहरूमा अन्य दलका नेता–कार्यकर्ताहरूलाई पार्टीमा प्रवेश गराउने कार्यक्रम पनि रहेको कांग्रेसले बत...