पाल्पाका सबै स्थानीय तहमा सार्वजनिक बिदा

१५ फागुन, पाल्पा । ४४ औं मगर एकता दिवसको अवसरमा पाल्पाका सबै स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाले सूचना जारी गर्दै बिदा दिएका हुन् । जिल्लाका मथागढी, निस्दी, पूर्वखोला, बगनासकाली, तिनाउ, रम्भा रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिका रामपुर र तानसेन नगरपालिकाले आज एक दिन बिदा दिएका छन् । […]