पाकिस्तानको दाबी– अफगानका २७ सैन्य चौकी नष्ट, नौ वटामा कब्जा

पाकिस्तानले २७ अफगान तालिबान सैन्य चौकीहरू ध्वस्त पारेको र नौ वटा कब्जा गरेको दाबी गरेको छ। पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफका प्रवक्ता मुशर्रफ जैदीले एक विज्ञप्ति जारी गर्दै यस्तो दाबी गरेका हुन् ।   पाकिस्तानी सेनाले ८० भन्दा बढी अफगान तालिबान ट्याङ्क, तोपखाना र बख्तरबन्द सवारी साधनहरू पनि ध्वस्त पारेको उनले बताए । आक्रमण जारी रहेको उनको भनाइ छ ।  मुशर्रफ अहिलेसम्म १३३ अफगान तालिबान सदस्यहरू मारिएको पुष्टि भएको छ र २०० भन्दा बढी घाइते भएको बताए ।  यसैबीच, तालिबानको रक्षा मन्त्रालयले बिही...