‘एक्लै चुनाव लडेकाले दलहरूको वास्तविक हैसियत यसपाली देखिन्छ’

अहिले सबै दलहरू छुट्टाछुट्टै चुनाव लडिरहेकाले कसको वास्तविक हैसियत के हो भन्ने कुरा यसैपालि देखिनेछ। तत्कालीन माओवादी, एकीकृत समाजवादी र अन्य धेरै समूहहरू एकै ठाउँमा आएका छौँ। यहाँ व्यक्ति मात्र आएका हुन् कि समुदाय नै आएका हुन् भन्ने कुरा त चुनावले नै देखाउला ।