जाडो छल्न आएका चरा फर्किन थाले

काठमाण्डौ — जाडो छल्न हिमालपारिबाट आएका चरा फर्किन थालेका छन् । जाडो मौसम शुरु भएसँगै गएको असोजदेखि आउन शुरु गरेका चरा गर्मी शुरु भएसँगै फर्किन थालेका हुन् । चितवन राष्ट्रिय निकुञ्ज लगायत आसपासका सिमसार क्षेत्रमा हाँस प्रजातिका चरा जाडो छल्न आउने गर्छन् । हरेक वर्ष अक्टोबरमा आउने ती चरा गर्मी शुरु भएसँगै फर्कन थालेका हुन् । यो हप्ताको शुरुदेखि फर्किन थालेका ती चरा अबको एक महिनासम्म सबै गईसक्ने नेपाल पन्छीविद् सङ्घ बागमती प्रदेशका अध्यक्ष वासु बिडारीले बताउनुभयो । यहाँ मङ्गोलिया, रुस, मलेसिया, उज्बेकिस्तान, पाकिस्तान, ...