चुनाव आउनै लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन क्षेत्रमा चहलपहल बढेको छ । भोट दिनकै लागि धेरै युवा स्वदेश फर्किएका छन् । चुनावको बेला स्वदेश फर्किनेहरूको आगमन खुशीको क्षण हो । तर यसपटक स्वदेश फर्किँदाको खुशीसँगै अब बन्ने सरकारले रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता अन्त्य गर्ला भन्ने आशा धेरैमा जागेको छ । कोही कम्पनीबाट बिदा मिलाएर आएका छन्, त कोही आकस्मिक बिदा लिएर । कोही भने बिदा नपाएपछि जागिर छाडेर र भिसा रद्द गरेरै भोट दिन आएका छन् । यसरी स्वदेश फर्कनेमध्ये एक हुनुहुन्छ, सिरहाकाे सुखीपुरका अजयकुमार यादव ।...