काठमाण्डाै – यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि २ लाख २१ हजार कर्मचारी खटिने भएका छन् । ७७ जिल्लाको १ सय ६५ निर्वाचन क्षेत्रका २३ हजार १ सय १२ केन्द्र र समानुपातिकमा मात्र मत खसाल्ने १ सय ४३ अस्थायी केन्द्रमा गरी २ लाख २१ हजारको सङ्ख्यामा कर्मचारी खटिने भएका हुन् । निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले ५ सयभन्दा धेरै मतदाता भएका केन्द्रमा ९ जना र ५ सयभन्दा कम मतदाता भएका केन्द्रमा ८ जनाको सङ्ख्यामा कर्मचारी खटाउने व्यवस्था मिलाइएको बताउनुभयो । मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहा...