जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस वर्षको होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम र मेला महोत्सव आयोजना गर्न रोक लगाएको छ । निर्वाचन सुरक्षाका कारण यो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जारी गरेको सूचनामा उल्लेख छ । ‘खुला सडक तथा सार्वजनिक स्थानमा भेला भई भीड जम्मा गर्ने, मेला महोत्सव गर्ने, मञ्च बनाई सांगीतिक कार्यक्रमहरू गर्ने, मादक पदार्थको बिक्री वितरण तथा सेवन गर्नेजस्ता कार्यहरू र निर्वाचन आचारसंहिता प्रतिकूलका गतिविधि नगर्न/नगराउन समेत सम्बद्ध सबैलाई जानकारीको लागि अनुरोध छ, &rsquo...