एमालेले लगातार जितिरहेको काठमाडौं-९ मा जे देखियो… [भिडियो]

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ मा चुनावी माहोल तातिएको छ । सबै पार्टीका उम्मेदवार घरदैलोमा व्यस्त छन । चौतारा र चिया पसलमा जनता चुनावी गफमा गफिएका भेटिन्छन् । यो निर्वाचन क्षेत्रमा २०७४ र २०७९  को निर्वाचनमा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका थिए । यो पटक भने एमालेलाई जित निकाल्न निकै संघर्ष गर्नुपर्ने देखिन्छ । यो पटक एमालेबाट अजयक्रान्ति शाक्य, नेपाली कांग्रेस नानुमैयाँ बास्तोला, रास्वपाबाट डोल प्रसाद अर्याल, नेकपाबाट राधाकृष्ण महर्जन र राप्रपाबाट दिल कुमार कार्कीको मुख्य प्रतिस्पर्धा रहेको छ ।   हा...