गठबन्धनले नेपालको राजनीतिलाई दूषित बनायो : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले गठबन्धनको राजनीतिले नेपालको सिङ्गो राजनीतिलाई फोहोर बनाएको बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति रूपन्देहीले शुक्रबार बुटवलको देवीनगरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले असल नियत राखेर शुरूआत गरेको गठबन्धनले त्यस्तो परिणाम नदिएको बताए । 'विगत ५/६ वर्षको समय सरकार बनाउने र गिराउने, प्रधानमन्त्री बन्ने र प्रधानमन्त्री फेर्ने गर्दै बित्यो, त्यसको प्रारम्भ गठबन्धनको राजनीतिबाट भयो,' उनले भने, 'गठबन्धनको र...