काठमाण्डाै – आज काठमाण्डौमा छिटपुट पानी पर्ने सम्भावना रहेको छ । अहिले काठमाण्डौ आसपासका क्षेत्रमा बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् हरि दाहालका अनुसार बादल लागे पनि अहिलेसम्म पानी नपरेको तर हल्का पानी पर्न सक्ने सम्भावना छ । बाग्मती, गण्डकी र कोशी प्रदेशको पहाडी तथा हिमाली थोरै ठाउँमा पनि अहिले बादल लागेको छ । ती क्षेत्रमा पनि हल्का वर्षाको सम्भावना छ । अरू लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई ठाउँमा पनि आज मेघगर्जन र चट्याङसहित...