नयाँका नारामा नफसौं, देश समृद्ध बनाउने संकल्प कांग्रेससँग मात्रै छ : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले नयाँ भनिएका पार्टीका नारामा फस्दा देशले फेरि दु:ख भोग्नुपर्ने बताए । शुक्रबार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले नयाँ नेपालको नाराकै भरमा माओवादी संसद्को ठूलो दल बन्दा देशको पाँच वर्ष खेर गएको टिप्पणी गरे । ‘२०६४ सालमा यसैगरी माओवादीले पुरानाले बिगारे, हामी बनाउँछौं भन्यो,’ उनले भने, ‘उसको नयाँ नेपालको नारा बिक्यो । हामीले लामा-लामा कुरा गर्‍यौं, उसले हामी नयाँ बनाउँछौं भन्यो ।’ सभापति थापाले नयाँ नेपाल...