सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा सुरक्षा बलका बाहिनीस्तर (डीआईजी तह)को समकक्षी समन्वयात्मक बैठक भारतको उत्तराखण्डस्थित चम्पावतमा सम्पन्न भएको छ । बिहीबार सम्पन्न बैठकमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा सीमा क्षेत्रमा हुनसक्ने अवैध घुसपैठ, चोरी निकासी, लागुऔषध ओसारपसार नियन्त्रणसम्बन्धी छलफल भएको सशस्त्र प्रहरी बलले जनाएको छ । निर्वाचनका समयमा हुनसक्ने निर्वाचन विरोधी क्रियाकलाप, अवैध घुसपैठ रोक्न तथा मौन अवधिभर हुने सीमानाका बन्दको प्रभावकारिता, सम्भावित अवैध तथा गैरकानूनी गतिविधिको सूक्ष्म निगरानी ...