चुनावका लागि अहिलेसम्म ११ दल र १ हजार ६ सय ७० उम्मेदवारले मात्र बैंक खाता खोले

काठमाण्डाै – फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावमा उम्मेदवारी दर्ता गराएका प्रत्यक्षतर्फ ३ हजार ४ सय ६ उम्मेदवारमध्ये १ हजार ६ सय ७० जनाले मात्र बैंक खाता खोलेका निर्वाचन आयोगले जनाएको छ । यसैगरी चुनावमा भाग लिएका ६५ दलमध्ये ११ वटाले मात्र खाता खोलेका छन् । अहिलेसम्म खाता खोल्ने दलमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी (जसपा), संयुक्त नागरिक पार्टी, मितेरी पार्टी, नेपाल जनता संरक्षण पार्टी, नेपाल मजदुर किसान पार्...