मकवानपुरको हेटौंडामा खैरो हेरोइनसहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका १९ का ३० वर्षीय सुजन सिटौला छन् । उनलाई शुक्रबार बिहान हेटौंडा उपमहानगरपालिका १९ बस्तीपुरबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६ सय मिलिग्रामसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।