ओखलढुङ्गामा ६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिद्धिचरण नगरपालिका ४ रुम्जाटार बस्ने ६१ वर्षीय दीपबहादुर विक छन् । उनलाई बिहीबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । विकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।