काठमाण्डाै – गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीवार हुने प्रतिनिधिसभा सदस्य चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ । दोलखाको बैतेश्वर गाउँपालिका–२ मा मतदान केन्द्रको आज स्थलगत निरीक्षण तथा अनुगमन गर्दै गृहमन्त्री अर्यालले विगतमा भएका कमी कमजोरीलाई सच्याइ यसपटकको चुनाव निष्पक्ष र धाँधलीरहित सम्पन्न गर्ने गरी वातावरण बनाउनसमेत निर्देशन दिनुभयो । संवेदनशील मानिएको मतदानस्थलको निरीक्षण गर्न गृहमन्त्री ओमप्रकाश अर्यालसहित कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी दोलखा प...