१५ फागुन, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले फेलोसिप कार्यक्रम सञ्चालन गरिरहेका विभिन्न विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अस्पतालहरूमा कार्यरत चिकित्सकहरूको न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ । फेलोसिप कार्यक्रममा पूर्णकालीन रूपमा कार्यरत चिकित्सकहरूको मनोबल उच्च राख्न तथा उनीहरूको सेवाको उचित कदर सुनिश्चित गर्न न्यूनतम ९औं तह बराबरको पारिश्रमिक अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने निर्णय गरेको हो । […]