राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफूविरुद्ध प्रमाण छ भनेको ६५८ दिन भइसक्दा पनि दिन नसकेको बताएका छन् । चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अब आफूलाई प्रमाण नचाहिएको भन्दै कटाक्ष गरे । लामिछानेले आफूलाई बारम्बार प्रमाण मागेर घोच्ने प्रयास भइरहेको टिप्पणी गरे। उनले आफूलाई अन्तिम इच्छा सोधिएकोबारे पनि टिप्पणी गरे । 'ठाउँ–ठाउँबाट घोचिरहन्छन्, त्यसैले मैले भन्नुपर्छ। प्रमाण छ भनेको ६५८ पटक भयो । अब चाहिँ प्रमाण चाहिँदैन,' उनले भने, 'मलाई अन्तिम इच्छा...